डान्स क्लबमा आगलागी, ५ करोडको क्षति

लोकपाटी न्यूज

बुटवल । सञ्चालनमा आउनु भन्दा एक दिनअघि बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ ।

शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोडकाे क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।

आगलागीलाई बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको केसीले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्