श्रीमती साटासाट गर्ने झुण्ड प्रहरीको फन्दामा

couple_date
लोकपाटी न्यूज
0 Shares

एजेन्सी। यौन आनन्दका लागि श्रीमती साटासाट गरेको आरोपमा सात जनालाई पक्राउ गरिएको छ। दक्षिण भारतीय राज्य केरेलामा प्रहरीले यौनकर्मीको लागि श्रीमती साटासाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

न्युज इन्डिया एक्सप्रेसले उल्लेख गरेअनुसार थप २५ जना निगरानीमा छन्। एक महिलाले गरेको उजुरीको आधारमा उनीहरू केरेलाको कोतायामबाट पक्राउ परेका हुन्। उक्त महिलाले आफ्ना श्रीमानले आफूलाई अर्को पुरुषसँग साटेको भन्दै उजुरी दिएकी थिइन्। ती महिलाको उजुरी पछि श्रीमती साट्नेको झुण्ड नै भारतीय प्रहरीले फेला पारेर धमाधम पक्राउ गरिरहेको छ।

श्रीमानले अर्कोसँग साटेको उजुरीकर्ता महिलाले आफूलाई अप्राकृतिक यौन सम्पर्कका लागु दबाब दिइएको समेत उल्लेख गरेकी छिन्। श्रीमती साटासाट गर्ने झुण्ड झन्डै एक हजार जनाको भएको प्रहरीको अनुमान छ। म्यासेन्जर र टेलिग्राममा जोडिने र क्रमशः दुई दम्पतीहरू मिलेर भेटघाट र यौन सम्पर्क गर्न आफ्ना पाट्नर साट्ने प्रचलन भएको प्रहरीले पत्ता लगाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सन २०१९ मा पनि भारतीय प्रहरीले यस्तै झुन्डलाई पक्राउ परेको थियो। सेयर च्याट नामक एक म्यासेन्जर ग्रुप बनाएर श्रीमती साटेको पाइएपछि प्रहरीले थुप्रैलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्