धेरैले यौन सुखको अनुभव गरेका हुँदैनन् : विज्ञ

Couple_Love
लोकपाटी न्यूज
0 Shares

एजेन्सी। मानिसको यौन जीवन राम्रो हुनुको फाइदा हाम्रो स्वास्थ्य, मनोभाव र सम्बन्धमा पनि पर्ने विशेषज्ञहरूले बताएका छन्। ‘कोरोना महामारीको कारण विश्व आक्रान्त भएको बेला यौन सम्पर्क आइसोलेसन, अनिश्चितता र हामीले भोगेको समग्र दुःखको औषधिजस्तै बनेको थियो’, हङकङकी यौन गुरु सारा टाङ भन्छिन्।

बर्षौंदेखि हङकङमा मानिसहरूलाई यौन जीवनको विषयमा परामर्श दिँदै आएकी सारा टाङले साउथ चाइना मर्निङ पोस्टसँग यौनबारे मानिसहरूको सोचमा परिवर्तन ल्याउने केही उपायहरू बताएकी छिन्:

यौन सम्पर्कले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ। धेरै अध्ययनहरूले पनि यौन सम्पर्कको बेलामा निस्किने हर्मोनहरुले मानिसहरूलाई चरम आनन्द मिल्ने देखाएका छन्। ‘यौन सम्पर्क गर्दा राम्रो रसायन हाम्रो शरीरभित्र पसेको महसुस हुन्छ,’ टाङ भन्छिन्, ‘यो हाम्रो तनाव घटाउने, अनिदोपन हटाउने, मुटु स्वस्थ राख्ने र रक्तचापलाई सन्तुलनमा राख्ने निकै राम्रो उपाय हो।’

यौन सम्पर्कलाई उमेरको सीमामा बाँध्नु हुँदैन। यौन सम्पर्कको फाइदा युवा र पाको दुवै उमेरका मानिसलाई उस्तै हुन्छ। यौन सम्बन्धलाई चरम सुखमा पुगेर सकिने कार्यको रूपमा लिइँदै आएको छ। टाङका अनुसार यस किसिमको सोचले दबाब बढाउने र मनोरञ्जन कम मिल्ने किसिमको समस्या उत्पन्न हुन्छ।

उनीकहाँ यौन समस्या लिएर आउने धेरै पुरुषहरूमा अन्तिमको लक्ष्यमा केन्द्रित हुने र त्यसैको कारण आनन्द लिन बिर्सिने समस्या हुन्छ। यसले अन्य धेरै समस्या उत्पन्न हुन्छ र यौन जीवन त्यति राम्रो रहन सक्दैन। ‘वास्तवमा हामीले यौन सम्पर्क भनेको के हो भन्ने बुझाउनु निकै महत्त्वपूर्ण छ। किनकि यसमा आनन्द लिने धेरै तरिका छन्, यसलाई केवल चरमसुखसँग जोड्नु हुँदैन,’ उनले भनिन्।

उनी मानिसहरूलाई यौन सम्पर्कलाई एउटा गन्तव्यको रूपमा नभई यात्राको रूपमा हेर्न सुझाव दिन्छिन्। अहिले यौनको विषयमा अध्ययनको लागि धेरै उपायहरू छन्। आफ्ना साथीहरूसँग एक अर्काको अनुभव साटासाट गरेर जानकारी लिन सकिन्छ। ‘यौनलाई अहिले पनि समाजमा सहजरुपमा लिइँदैन। जसको कारण मानिसहरूले यसबारेको गलत बुझाइ र हल्लाहरूलाई निवारण गर्ने मौका पाउँदैनन् र, समस्यामा पर्ने गरेका छन्,’ टाङले भनिन्।

अहिले धेरै जानकारी अनलाइनमा पाउन सकिन्छ। यद्यपि यसरी अनलाइनमा यौनबारे अध्ययन गर्दा सबैभन्दा महत्वपूर्णरुपमा स्रोतमा ध्यान दिनुपर्ने हुन्छ। प्रमाणपत्र प्राप्त विशेषज्ञहरूले दिएको जानकारीको आधारमा अनलाइनमा सिक्नु राम्रो हुने टाङको भनाइ छ। ‘कुनै फिल्ममा देखाइने आक्रामक कार रेस हेरेर सवारीसाधन चलाउन नसकिए जस्तै अश्लील चत्रचित्र हेरेर यौन सम्पर्कबारे थाहा पाउन सकिँदैन,’ उनले थपिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्