थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण : ४ जनाको मृत्यु

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। पछिल्लो २४ घण्टाको अवधिमा थप ६ हजार ४६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  १ हजार ४१६ संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो। मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४३७ परीक्षण गरिँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हो।

१३ हजार ३७७ पीसीआर परीक्षण हुँदा ५ हजार ५५८ र ४ हजार ६० एन्टिजेन परीक्षणमा ८६४ जनामा संक्रमण देखिएको हो।

२४ घण्टामा ४ जनाको मृत्यु भएको छ। अघिल्लो दिन शनिबार भने १६ जनाको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार २४ घण्टामा ४९ हजार ४७३ ले खोप लगाएका छन्। सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्