आहा रारा गोल्डकप : मनाङ सेमिफाइनलमा प्रवेश

aaha-rara-pic
लोकपाटी न्यूज
0 Shares

पोखरा। मनाङ मस्र्याङ्दी क्लब २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

विभागीय टोली पुलिसलार्ई आइतबार दोस्रो क्वाटरफाइनलमा २–० गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो। करिब एक महिना अघिमात्र कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पोखरा रंगशालामा मनाङले पुलिसलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।

खेलको ६४ औं मिनेटमा एनओसी मनाङ मस्र्याङ्दीका फिडफिल्डर रुपेश केसीले गोल गर्दै टिमलाई अग्रता दिलाए। बिमल रानाको पासमा डि–बक्सभित्र रहेका रुपेशले उत्कृष्ट गोल गरेका हुन्।

खेलको ८७ औं मिनेटमा मनाङका अफिज ओलावाले गोल गरी जित सुनिश्चित पारे। मैदानको मध्यभागबाट बल अगाडि बढाउँदै लगेका विदेशी खेलाडी ओलावालेले कीपर संजित श्रेष्ठ बिट भएको अवस्थामा उत्कृष्ट गोल गरे।

मनाङको तुलनामा पुलिसले खासै मुभ बनाउन सकेन। खेलको ५४ औं मिनेटमा राम बाजीको क्रसमा नीरकुमार राईले हेड गर्नबाट चुके। प्रतियोगितामा ओलावाले नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ८ हजार पुरस्कार प्राप्त गरे। आहा रारामा पुलिस मनाङले ६६ पटक उपाधि जितेका छन्।

मनाङ अब त्रिभुवन आर्मी र रुस्लान थ्रि स्टारको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ। यसैबिच, सोमबार साविक विजेता संकटा क्लब र लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्र क्लबबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्