निर्वाचनबारे भ्रम नछर्न नेकपा एमाललेलाई सरकारको आग्रह

Gyanendra_Bahadur_Karki
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। निर्वाचनबारे भ्रम नछर्नको लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ। बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो आग्रह गरेका हुन्। उनले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको बताए।

उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई निर्वाचनबारे भ्रम नछर्न आग्रह गर्दै भने,‘निर्वाचन राष्ट्रिय सरोकारको विषय हो। प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी छैन। सरकारले संविधान अनुसार सबै निर्वाचन सम्पन्न गर्नेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्