राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा गरिमा शाह विजयी

garima shah
लोकपाटी न्यूज
0 Shares

कैलाली। राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन्। उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन्। शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन्। शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्जसमेत हुन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्