घाना फुटबल संघद्वारा मुख्य प्रशिक्षकलाई बर्खास्त

ghana-coach
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि घाना फुटबल संघले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको छ।

क्यामेरुनमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ मा रहेको घानाले तीन मध्ये दुई खेलमा पराजय र एक खेलमा बराबरीको नतिजा निकाल्दै समूह चरणबाटै बाहिरिएपछि संघले मुख्य प्रशिक्षक मिलोभान राजेभाकलाई बर्खास्त गरेको हो।

संघले व्यवस्थापन समितिका सदस्यहरुलाई समेत बर्खास्त गरेको छ। समूह चरणमा घाना मोरक्कोसँग १–० तथा कोमोरोससँग ३–२ ले पराजित भएको थियो। यसैगरी घानाले गाबोनसँग १–१ को बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्