रौतहट। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय गौर (रौतहट) मा जाहेरी दरखास्त दिएका छन्।
पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले नीविरुद्ध राज्यविरुद्धको कसूरमा अनुसन्धान गरि कैद र जरिवाना तोक्न जाहेरी दर्ता दिएका हुन्। मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाने अभिव्यक्ति दिएको भन्दै कर्णले बिहिबार जाहेरी दर्ता गराएका हुन्।
उनले जाहेरीमा भनेका छन्, ‘बहालवाला मन्त्रीको अभिव्यक्तिले दुई समुदायबीच द्वन्द्व सृजना भई सोबाट जातिय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक दंगा फैलाउने दुई समुदायबीच राष्ट्रिय एकतामासमेत असर पर्ने भएकाले अन्यायी मन्त्रीको अभिव्यक्ति मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) विरुद्ध रहेकाले ऐ। सहितको दफा ५ (ग) बमोजिम हदैसम्मको कैद र जरिवानासमेत गरि पाउँ।’
मन्त्री यादवले ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्ने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन्।