शितल निवास पुगे प्रधानमन्त्री देउवा

फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन्। बिहीबार दिउँसो ३ बजेपछि प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि शितलनिवास पुगेका थिए।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच करिब १ घण्टा कुराकानी भएको जनाइएको छ। ‘यो नियमित भेटघाट हो,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने। स्थानीय चुनाव कहिले गर्ने भन्नेमा सत्तारूढ गठबन्धनमा छलफल भइरहेको छ।

स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्षमा सत्तागठबन्धन पुगेका छन्। आज प्रधानमन्त्री र राष्ट्रपतिबीच के-के विषयमा कुराकानी भएको भन्नेबारे प्रधानमन्त्रीको सचिवालयले खुलाएको छैन। यसअघि पुस २२ गते पनि प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्