पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या

sucide
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। पोर्चुगलमा एक नेपाली युवाले आत्महत्या गरेका छन्। विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका हुन्।

गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहिबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए। उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे। भट्टको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए। उनका एक छोरा र श्रीमती छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्