माटोको ढिस्को खस्दा सार्कीको मृत्यु

Death pic
सांकेतिक चिन्ह
लोकपाटी न्यूज
0 Shares

उदयपुर। नाला खन्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ। बिहिबार साँझ ५ बजे त्रियुगा नगरपालिका–१० बस्ने ५६ वर्षीय झर्क बहादुर सार्कीको सोही ठाउँमा नाला खन्ने क्रममा माटोको ढिस्को खसेर मृत्यु भएको हो।

शरिरका विभिन्न ठाउँमा चोट लागि घाइते भएका सार्कीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पछि थप उपचारका लागि विराटनगर कोशी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा राति करिब १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्