भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना

SJaishankar1_pic
लोकपाटी न्यूज
0 Shares

नयाँ दिल्ली। भारतका विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले बिहिबार पीसीआर परीक्षण गराएको र उनलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ।

विदेशमन्त्री जयशंकरले पनि ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयतादेखि आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेका छन्।

भारतले पनि कोरोना भाइरसको तेस्रो लहरको सामना गरिरहेको छ। बिहीबारमात्र भारतमा २ लाख ८६ हजारभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्