महिलालाई ब्ल्याकमेल गर्ने एक युवा पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा विदेशमा फरार रहेका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ परेका छन्।

प्रहरीले कास्कीको रूपा गाउँपालिका ७ सिस्नेरीका ३१ वर्षीय मुक्तिनाथ खनाललाई पक्राउ गरेको हो। उनलाई विदेशबाट नेपाल फर्केपछि प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।

खनालले वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत एक महिलालाई साथी बनाउन अनुरोध पठाएका थिए।

ती महिलाले अनुरोध स्वीकार गरेपछि म्यासेन्जरमा कुराकानी गर्ने क्रममा उनले नग्न तस्बिर र भिडियो बनाएर सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिँदै ब्ल्याकमेल गरेका प्रहरीले जनाएको छ।

त्यसअनुसार उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै ब्युरोले मुद्दा दर्ता गरेको थियो। तर उनी फरार सूचीमा  थिए। फरार रहेका उनलाई नेपाल फर्किनेक्रममा पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। release_2FAOfhhIpr

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्