बेलायतको राजदूतमा आचार्य नियुक्त

pic 22
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपतिले शुक्रबार उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

आचार्यको नाम संसदीय सुनुवाइ समितिबाट मंसिर २० गते अनुमोदन भएको थियो। कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित भारतका लागि शंकर शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्