सिड्नी। अष्ट्रेलियाको सिड्नीमा भएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका एक नेपाली विद्यार्थीको शव नेपाल पठाउनको लागि आर्थिक संकलन सुरु भएको छ। सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा हुँदा २४ वर्षिय अशिम थपलियाको मृत्यु भएका्े थियो।
जनवरी २६ तारिख राति साढे १० बजे तिर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।सन् २०१६ मा आइटी पढ्न आएका अशिमको स्थाई घर काठमाडौँको डौँ चावहिलको हो। नेपालमा बाआमाले नै अन्तिम संस्कार गर्ने भएकाले शव नेपाल पठाउन लागिएको हो। शव पठाउनका लागि ‘ गो फण्ड मि’मार्फत सहयोग संकलन भइरहेको छ।