सरकार अहिले परिवर्तन हुने अवस्था छैन : प्रदेश मन्त्री शर्मा

minister-tilak-sharma
लोकपाटी न्यूज
0 Shares

बुटवल। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन्। बिहिबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशल बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले लुम्बिनी प्रदेश सरकार अहिले परिवर्तन हुने अवस्था नभएको दावी गरे।

फागुनमा सत्ता परिवर्तन हुने हल्ला चलेपनि शर्माले भने–हामीले बनाएको गठबन्धन होइन,यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो। माथिबाट जे निर्णय हुन्छ ,यँहा पनि त्यही हुने उनले बताउँदै अहिले नै सरकार परिवर्तन नहुने दाबी गरे।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले केन्द्रिय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ति सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको बताए।

मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कयौं काममा अबरोध भएको उल्लेख गर्दै सरकार अब संसद सुचारु गर्ने पक्षमा रहेको बताए। अहिले संसद सञ्चालनको लागि बिजेनेशको तयारी भईरहेको उनल बताउँदै मन्त्रालयहरुले बिजनेश निर्माणको काम गरिरहेको जानकारी दिए ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि केन्द्रिय सरकारले १ अर्व बजेट दिएको बताउंदै स्थायी राजधानी बनाउने कामले गति लिएको बताए। अहिल्यै राजधानी दाङ नजाने बताउंदै संसद भवन बनिरहेको र अन्य संरचना निर्माणका कामहरु पनि भैरहेको मन्त्री शर्माको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्