पारिवारिक समृद्धिका लागि १० वास्तु टिप्स

familia_hindu
लोकपाटी न्यूज
0 Shares

वास्तु शास्त्र आफैमा एक विज्ञान हो। हुन त वास्तुको, अध्यात्मको कुरा गर्दा आधुनिक पुस्ताले यसलाई सोझै अस्वीकार गर्छ। उनीहरूलाई लाग्छ, यी आडम्बर कुरा हुन्। पुरातन सोच हुन्। तर, यसभित्र पनि विज्ञान हुन्छ। वास्तु शास्त्रले निर्देशित गर्ने कुरा व्यर्थ हुँदैनन्। यद्यपि उक्त निर्देशनको आशय के हो र त्यसको प्रभाव के रहन्छ भन्ने कुरा केलाउन सक्नुपर्छ। वा बुझ्न सक्नुपर्छ।

हामीकहाँ बिहान उठ्नसाथ पूजापाठ गर्ने चलन छ। तुलसीको मठमा पानी चढाउने। शंख-घण्टी बजाउने। मन्त्रोच्चारण गर्ने। भगवानको नाम जप्ने । यी तमाम कर्मले हाम्रो मनको शुद्धीकरण गर्छ। सकारात्मक भाव पैदा गर्छ। मन शान्त, खुसी र सकारात्मक हुन्छ। यी कर्म गरिरहँदा हामी विनयी, विनम्र हुन्छौं। फलतः दिनभर यसको सकारात्मक भाव हामीभित्र रहिरहन्छ।

दिनको सुरुवात

वास्तु शास्त्र अनुसार हामीले दिनको सुरुवात नै राम्रो ढंगबाट गर्नुपर्छ, तब मनमा शान्ति छाउँछ। परिवारमा सुख आउँछ। भनिन्छ नि, बिहानीले दिनको संकेत गर्छ। हामीले बिहानीको कर्म जुन ढंगबाट सुरु गर्छौं, त्यही अनुरूप हाम्रो दैनिकी गुज्रन्छ। यसर्थ दिनको सुरुवात सही ढंगबाट गर्नुपर्छ, जसले दिनभरका लागि हामीमा उत्साह, उमंग र ऊर्जा जागिरहोस्।

भलै यसका लागि स-साना कुराले पनि भूमिका खेल्छ। जस्तो बिहान उठ्नसाथ तपाईंले बाथरुम छिर्नुभयो, प्रवेश हुन नपाई ट्यांकीमा पानी सकियो । नतिजा के हुन्छ, तपाईंको मुड खराब। यसको राप त्यही क्षण सेलाउँदैन, बरु दिनभर नै रहन्छ। अतः यस्ता सम्भावित कामबाट बिहानको सुरुवात गर्न ठिक हुँदैन, जसले मुड खराब गराउँछ। मनमा अशान्ति पैदा हुने, घरमा कलह हुने, साथीभाइसँगको सम्बन्ध खराब हुने कारणमा बिहानीको सुरुवातलाई पनि मानिन्छ।

वास्तुशास्त्रले भन्छ, ‘पारिवारिक अशान्तिको कारण भनेकै गलत तरीकाले दिनको सुरुवात गर्नु हो।’ वास्तु अनुसार दिनको सुरुवात सही ढंगले गर्नका लागि बिहान के के गर्नु हुन्छ, के कस्ता काम गर्नु हुँदैन भन्ने जानकारी राख्न जरुरी छ। यस्ता कुरालाई ध्यानमा राखेर पनि घरमा सुख समृद्धि कायम राख्न सकिन्छ।

उठ्नसाथ ऐना : दिनको सुरुवात राम्रो तरिकाले होस् भन्नका लागि कति व्यक्तिको चाहना हुन्छ, केही राम्रो हेरौं। यही मनोवृत्तिले गर्दा कति मानिस आˆनो सुत्ने कोठामा आकर्षक एवं उमंगमय भावको तस्बिर टाँस्ने गर्छन्। कतिले शयन कक्षाको सामुन्नेमा ऐना राख्ने गर्छन् । तर, वास्तुशास्त्रले बिहान उठ्नसाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन। जब हामी ऐनामा आफ्नो प्रतिबिम्ब देख्छौं, मनमा सकारात्मक भाव जाग्दैन।

दोस्रो व्यक्तिको अनुहार हेर्नु : ‘बिहान बिहान कसको अनुहार हेरिएछ, पुरै दिन खराब भयो’, कतिपय अवस्थामा यो वाक्य हामी पनि बोल्छौ। किनकि वास्तु शास्त्रमा भनिएको छ, बिहान उठ्ने बित्तिकै अन्य व्यक्तिको अनुहार हेरेमा उनीहरूको नकारात्मक ऊर्जा तपाईंमा पर्छ। यसले पनि हाम्रो दैनिकी प्रभावित हुन्छ।

लडाई झगडा गर्नु : वास्तुशास्त्र अनुसार दिनको सुरुवात सकारात्मक सोचका साथ गर्नु गर्छ। त्यसैले बिहान बिहान कसैसँग झगडा गर्नु, नमिठो वचन बोल्नु, खराब चिन्तन गर्नु हुँदैन।

जनावरको नाम लिनु : वास्तु शास्त्रले के भन्छ भने खाना खानुअघि कुनै पनि पशु वा गाउँको नाम लिनु हुँदैन। वस्तुशास्त्रमा यसलाई अशुभ मानिन्छ । त्यसो भए वास्तु अनुसार बिहान उठ्ने बित्तिकै के गर्ने ?

माता पिताको खुट्टा ढोग्ने : मातापिता भनेको जगत जननी हुन्। जगत जननी भएकै कारण उनीहरूमा दिव्य शक्ति हुन्छ। र, उक्त दिव्य शक्ति मातापिताद्वारा नै प्राप्त गर्न सकिने हुँदा त्यसलाई हासिल गर्न पनि मातापिताको खुट्टा ढोग्नु पर्छ।

त्यसबाहेक, मातापिता प्रति सम्मान प्रकट गर्न तथा मातापिताबाट आर्सीवाद प्राप्त गर्न पनि वास्तुशास्त्रका आधारमा बिहान उठेर सबैभन्दा पहिले माता पिताको खुट्टा ढोग्नसपर्छ। त्यस्तै, आˆनो हस्तरेखा हेरेर भगवानको स्मरण गर्नुपर्छ। यसले घरमा सकारात्मक माहौल पैदा गर्नुका साथै व्यक्तिमा आत्मविश्वास जगाउँछ।

तुलसीलाई जल चढाउने : घरमा तुलसी रोप्नु धार्मिक दृष्टिले मात्र नभई आध्यात्मिक तथा वातावरणीय दृष्टिकोणले समेत लाभदायक मानिन्छ। यसले वातावरण शुद्ध रहनुका साथै ज्ञान, विवेक, सुख, सम्पत्ति तथा स्वास्थ्यमा वृद्धि हुन्छ। भनिन्छ, जुन घरमा तुलसीको वास हुन्छ, उक्त घर सुखी हुनुका साथै स्वस्थ रहन्छ। त्यसैले पनि बिहान उठ्ने बित्तिकै तुलसीलाई जल चढाउनु पर्छ। यसले घरमा सकारात्मक ऊर्जा प्रवाह हुनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ।

घरमा तुलसीको पानी चढाउने : बिहानको स्नान पश्चात् तामाको लोटामा जल भरेर त्यसमा तुलसीको पत्ता राख्नु पर्छ। अब यसलाई घरको मुख्यद्वार तथा प्रत्येक कोठामा छर्किन पर्छ। यसो गर्नाले घरको नकारात्मक ऊर्जा नष्ट हुन्छ।

दियो बाल्ने : घरमा बिहान सबेरै दियो बाल्नाले सकारात्मक ऊर्जाको प्रवेश हुन्छ। साथै, यसले पैसा सम्बन्धी समस्या समेत हटेर जान्छ। यसबाहेक, घरकी महिलाले एक लोटो पानी घरको मुख्यद्वारमा राखेको खण्डमा घरमा लक्ष्मीको आगमन हुन्छ।

घर बाहिर रंगोली बनाउने : सम्भव भएसम्म बिहान सबेरै घरको आँगनमा रंगोली बनाउनाले घरमा सकारात्मक ऊर्जा प्रवेश गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्