प्रेरक प्रसंग : भावनामाथि नियन्त्रण राख्नुस्, जिम्मेवारी स्वीकार्नुस्

Milan Afanta
लोकपाटी न्यूज
0 Shares
  • मिलन आफन्त

आदरणीय विश्ववासी पाठकहरू, म तपाईंहरुको प्यारो चिन्तक मिलन आफन्त। आज मेरो हातमा ब्रायन ट्रेसीको विश्व प्रसिद्ध कृति ‘सोच बदलौं, जिन्दगी बदलौं’ रहेको छ। यो पुस्तकभित्रका महत्त्वपूर्ण चिन्तनहरूलाई सरल र संक्षिप्तरूपमा तपाईंहरुको सामु मन्थन गर्दैछु। यसबाट तपाईं चेतनशील महानुभावहरूले यथेष्ट मात्रामा लाभ उठाउनुहुनेछ भनेर म विश्वस्त छु। -शताब्दी वर्ष व्यक्ति

सपना धेरै ठूलो देख्नुहोस्, जस्तो सपना तपाईंले देख्नु हुनेछ, त्यस्तै तपाईं बन्नुहुनेछ। तपाईंको दृष्टिकोणले नै तपाईंलाई तपाईंको लक्ष्यको आशा देखाउँछ। -जेन रस्किन

तपाईं एक उत्कृष्ट मानिस हो

तपाईं एक उत्कृष्ट मानिस हो। तपाईं इमान्दार, सच्चा र मेहनती हुनुहुन्छ। अरू मानिससँग तपाईंको व्यवहार विनम्रता, सम्मानले भरिएको हुन्छ। तपाईं आफ्नो परिवार, साथी र कम्पनीप्रति पूर्णरूपमा समर्पित हुनुहुन्छ। तपाईंमा आत्मविश्वास र जिम्मेदारीको अनुभूति छ। तपाईं ज्ञानवान, बुद्धिमान र अनुभवी हुनुहुन्छ। तपाईं केवल आफ्नो परिवारजनको मात्र हैन, पुरा समाजको लागि महत्त्वपूर्ण हुनुहुन्छ। तपाईंको जन्म एक खास जिम्मेदारी पुरा गर्नका लागि भएको हो र तपाईंले एक महान काम पुरा गर्नु नै छ। हर हालमा तपार्य एक उत्कृष्ट मानिस हो।

हुनुसक्छ कयौं पटक यो तपाईंको लागि सय प्रतिशत सही नहुन पनि सक्छ, तर कुल मिलाएर यो तपाईंको अन्तर्मनको राम्रोपना र तपाईंको जीवनको दिशाको परिचायक छ। जब तपाई विना कुनै शर्त यो स्वीकार गर्नुहुन्छ कि तपाईं साँच्चै बहुमूल्य र योग्य मानिस हो, तब फेरी तपाईं हर काम र वाक्यको माध्यमले यसलाई सही साबित गर्ने प्रयास गर्नु हुनेछ। केही दिनपछि, यो तपाईंको लागि पूर्णरूपमा सही हुनेछ। तपाईं वास्तवमा आफ्नो आदर्श जस्तो बन्नु हुनेछ। आफैसँग यो कुरा दोहोर्‍याउनुस्, ‘म आफैँलाई मन पराउँछु र आफ्नो जिन्दगीलाई पनि। म हर हालतमा एक उत्कृष्ट मानिस हुँ र म जे काम गर्छु, त्यसमा आफ्नो सबैभन्दा उत्कृष्ट प्रयास नै गर्छु।’

सकारात्मक सोच

सकारात्मक विचारले जीवनस्तर उच्च बनाउँछ। त्यसले तपाईंलाई शक्ति दिन्छ र तपाईंलाई धेरै शक्ति र आत्मविश्वासको अनुभूति गराउँछ। सकारात्मक सोच मात्र एक उत्साह बढाउने खालको विचार हैन। यसले तपाईंको व्यक्तित्व, तपाईंको स्वास्थ्य, तपाईंको उत्साह र तपाईंको सृजनात्मकतामा पनि पर्याप्त र रचनात्मक प्रभाव पर्छ। तपाईं जति धेरै सकारात्मक र आशावादी हुनुहुन्छ, जिन्दगीको हर क्षेत्रमा त्यति नै धेरै खुसी हुनु हुनेछ। नकारात्मक सोचको परिणाम ठिक उल्टो हुन्छ। त्यसले तपाईंलाई शक्तिहीन बनाई दिन्छ र तपाईं धेरै कमजोर र आत्मविश्वासमा कमी महसुस गर्न थाल्नु हुन्छ। जब कुनै पनि बेला तपाईं कुनै नकारात्मक कुरा सोच्नु हुन्छ या बोल्नु हुन्छ, तब तपाईं आफ्नो शक्तिको एक अंश गुमाउनु हुन्छ। तपाईं हतास र दुःखी महशुस गर्न थाल्नु हुन्छ। केही समय पछि, नकारात्मक सोचको कारण तपाईं अस्वस्थ पनि पर्न सक्नुहुन्छ र आफ्नो सम्बन्धमा पनि विष घोल्न सक्नुहुन्छ।

सकारात्मक सोच, तपाईंलाई मानसिक स्वास्थ्य र सर्वश्रेष्ठ प्रदर्शनतिर लिएर जान्छ। नकारात्मक सोच, मानसिक बिरामी र प्रभावहीनता तिर लिएर जान्छ। यसैले, यदि तपाईं एक विलक्षण जिन्दगी जिउन चाहनुहुन्छ भने तपाईंको लक्ष्य सकारात्मक भावनालाई जगाउने र नकारात्मक भावनाबाट छुटकारा पाउने हुनुपर्छ। नकारात्मक भावनाको सफाया, राम्रो स्वास्थ्य खुसी र निजी उत्कृष्टताको दिशामा तपाईंको सबैभन्दा महत्त्वपूर्ण एकमात्र कदम साबित हुनसक्छ। हरेक पटक जब कुनै पनि बेला तपाई आफ्नो सोच र भावनामा पुरा नियन्त्रण राख्नु हुन्छ, तब तपाईंको भित्री र बाहिरी जिन्दगीको स्तरमा सुधार हुन्छ। नकारात्मक भावनाको अभावमा, तपाईंको दिमाग आफै सकारात्मक भावनाले भरिन्छ र यसबाट तपाईंभित्र खुशी र पूर्णताको अनुभूति आउन थाल्छ।

आफ्नो नकारात्मक बिचारको नाश गर्नुस्

तपाईंले सबै नकारात्मक विचार बाल्यकालमा नै सिकेको हुन्छ। जे सिक्नु भएको छ, त्यसलाई बिर्सन पनि सकिन्छ, कयौं पटक त धेरै छिटो। तपाईं कुनै पनि यस्ता बानी या कौशल सिक्न सक्नुहुन्छ, जसलाई तपाई वाञ्छनीय या जरुरी सम्झनु हुन्छ। खासगरि, तपाईं मानिससँग पैसा, स्वास्थ्यको बारेमा सोच्ने सकारात्मक र सृजनात्मक तरिका खोज्ने सक्नुहुन्छ। आफूभित्र लुकेको सम्भावना र सफलताको बाटोमा रोकावट पार्ने कुराको बारेमा पनि तपाईं यस्तै गर्न सक्नुहुन्छ। कयौं नकारात्मक विचार र व्यवहारको आधार नै गलत हुन्छ। कयौं पटक त कुनै विषयमा नकारात्मक विचार या कुनै व्यक्तिको बारेमा गलत व्यवहार कुनै एक नयाँ जानकारी पछि नै बदलिन्छ। तपाईंले एकाएक यो थाहा पाउनुहुन्छ कि तपाईंको आफ्नो यो कुनै व्यक्तिको बारेमा सोच गलत थियो। परिणाम स्वरूप एक क्षणमा नै तपाईं आफ्नो सोच बदल्न सक्नुहुन्छ। यो सम्भावनाको लागि तयार रहनुस्।

नकारात्मक भावना केवल यसकारणले जीवित रहन्छ, किनकि हामीले नै त्यसलाई जिन्दगी दिएर जीवित राख्छौं, लगातार आफूलाई रिस उठाउने खालको या मन नपर्ने कुरा गरेर हामी त्यसलाई जीवित राख्छौं। सौभाग्यवश, तपाईं भावनाको नियम लागु गरेर यो स्थिति बदल्न सक्नुहुन्छ । यो नियमले भन्छ , ‘एक सशक्त भावना सधैं एक कमजोर भावनामा हाबी रहन्छ र जुन भावनामा तपाईं जोड दिनुहुन्छ, त्यो त्यति नै बलियो हुँदै जान्छ।’ यसको मतलब हो, तपाईं कुनै भावनामा जोड दिनुहुन्छ भने त्यो बढ्दै जानेछ र एक दिन त्यो क्षेत्रमा तपाईंको सोचमा पूर्ण रूपमा हाबी हुन्छ। यदि तपाईं आफूलाई रिस उठाउने या दुःखी गरिदिने व्यक्ति या परिस्थितिमा मानसिक ऊर्जा खर्च गर्न बन्द गरिदिनु हुन्छ र त्यसको बारेमा सोच्नसमेत बन्देज लगाउनु हुन्छ भने त्यो परिस्थिति या व्यक्तिसँग जोडिएको त्यो भावना अन्तिममा सास छोडिदिनेछ। ठिक त्यसरी नै जसरी आगो बिना इन्धनको अन्ततः निभ्छ।

तपाईंले यो कुराको अनुभव पहिला पनि कयौं पटक गरिसक्नु भएको छ। उदाहरणको लागि, जब हामी ठूला हुन्छौं, हाम्रो वास्ता विपरीत लिंगका मानिससँग पर्छ। यी मध्य अधिकांशसँग समय बित्दै गएर पनि हामी तालमेल मिलाउन सक्दैनौं। जब यी सम्बन्ध टुट्छन्, जब हामीलाई भावनात्मकरूपमा थकान र ठेसको अनुभूति हुन्छ। अधिकांश मामलामा त हामी दुःख रिस, हताश, थकान र आहत हुने जस्ता भावनाले ग्रसित हुन्छौं। यो अनुभूति एक निश्चित समयसम्म हाम्रो पिछा, छोड्दैन। फेरि हामी यसबाट बाहिर आउँछौं। हाम्रो भेट अरू कोहीसँग हुन्छ। विस्तारै हामी धेरै दुःखद अन्त्य भएको पछिल्लो अनुभवलाई बिर्सन्छौं जब हामी त्यो पछाडि छुटेको व्यक्तिसँग कयौं महिना या वर्षौं पछि भेट हुन्छौं, तब हामीलाई अनुभूति पनि हुँदैन कि कुनै समय हामी ऊसँग कति भावनात्मक तरिकाले जोडिएका थियौं। यस्तो यसकारणले भएको छ कि हामीले त्यसको बिछोडको भावलाई धेरै दिन सम्म आफ्नो छातीमा टाँसेर राखेनौं र विस्तारै त्यो भावना पूर्णरूपमा नष्ट भयो। यो प्रतिस्थापनको नियम सँगसँगै तपाईंको आफ्नो जिन्दगीमा भावनालाई बुझाउने एक उदाहरण छ।

आफ्नो बाटो आफै निर्धारित गर्नुहोस्

अनुभवबाट मैले एउटा नियम सिकेको छु, कुनै काम गर्नु या नगर्नुभन्दा पहिला कहिल्यै यो चिन्तन नगर्नुस् कि मानिसले के भन्ने हुन्। वास्तविकता त के हो भने कसैले तपाईंको बारेमा सोच्दा पनि सोचेको छैन। निश्चित नै म यहाँ आपराधिक या असामाजिक कामको कुरा गरिरहेको छैन। तर यो कुराले नै हैरानीमा पारिदिन्छ कि मानिस कस्तो खालको सम्बन्ध, कारोबार, नयाँ चुनौती, साहसिक अभियान र अरू कुरालाई केवल यो डरले स्वीकार या अस्वीकार गर्छन् कि मानिसले के भन्ने छ। उनीहरू यस्तो वैवाहिक सम्बन्ध निभाउँछन्, जसलाई उनीहरू मन पराउँदैनन्, उनीहरू यस्तो नोकरीसँग जोडिरहन्छन् जुन उनीहरूलाई मन पर्दैन या फेरी उनीहरू कुनै कारोबारको पेशकस केवल यसकारणले अस्वीकार गर्छन् कि कोही सायद तपाइको यो कदमको आलोचना गर्नेछ। साँचो यो हो कि तपाईंको जिन्दगीसँग जोडिएको महत्त्वपूर्ण फैसलाको चिन्ता तपाईंलाई भन्दा धेरै अरू कसैलाई छैन। यो कुरा बुझेर नै योजना बनाउनुस्।

अब्राहम मास्लोले मानिसको आत्म निरीक्षणको आफ्नो अध्ययनमा पाए कि ती एक या दुई प्रतिशत पुरुष र महिलाहरू जो पूर्णरुपमा परिपक्व छन्, जो पूर्णरूपमा आत्मनिर्भर वयस्क छन्, सबैमा एक खास गुण थियो, उनीहरू सबै आफूप्रति पुर्णरुपमा इमान्दार थिए। उनीहरूको आफ्नो कमजोरी र शक्तिप्रतिको दृष्टिकोण पूर्णरूपमा सफा थियो। उनीहरूले न कहिल्यै आशा गरेका थिए न सपनाको पुलाउ पकाएकी उनीहरू आफ्नो योग्यता भन्दा ठूला कुनै व्यक्ति हुन। आफ्नै बारेमा यो कुरा स्वीकारोक्ति हो। उनीहरूको निजी अवधारणा र आत्मसम्मानको आधार थियो। किनकि उनीहरूलाई थाहा थियो कि उनीहरूको थिए र को थिएनन्, उनीहरूले कहिल्यै पनि यो महशुस गरेनन् कि केही गर्नको लागि उनीहरूले लगातार अरूको सहमतिको आवश्यक छ। उनीहरूले अरूको सल्लाह सुने तर त्यसपछि फैसला आफ्नो सोचले लिए। अरू मानिसको सम्भावित सहमति या असहमति उनीहरूमा धेरै प्रभाव परेन। तपाईंले पनि यस्तै गर्नुपर्छ। तपाईं नै हो जो आफ्नो बारेमा सबैभन्दा बढी चिन्ता गर्नु हुन्छ र कुनै कुराको सबैभन्दा धेरै प्रभाव पनि तपाईंमा नै पर्छ।

अरू मानिसको सम्मान

अंग्रेजीका प्रख्यात लेखक समरसेट ममसँग जब एक रिपोर्टरले उनको मुख्य प्रेरणाको स्रोतको बारेमा सोधे, तब उनले जवाफ दिए, ‘म ती मानिसको सम्मान प्राप्त गर्नको लागि लेख्छु, जसको म आफैँ सम्मान गर्छु’ साँचो कुरा यही थियो, तपाईं जे हुनुहुन्छ या जुन काममा असफल हुनुहुन्छ, त्यसैमा यो चिन्ताको प्रभाव हुन्छ। तपाईं आफ्नो सामाजिक जीवनमा कयौं कुरा केवल यसकारणले गर्नुहुन्छ ताकि तपाईं ती मानिसहरूको सम्मान कायम राख्न सक्नुहोस। साँचो त के हो भने यो कुराको निर्धारण तपाईंलाई कस्ता मानिसको सम्मान पाउन धेरै जरुरी छ, यो कुराबाटै हुन्छ, तपाईं आफ्नो बारेमा घर र काममा कस्तो महसुस गर्नुहुन्छ। अरूबाट पाउने सम्मानको तपाईंको आफूप्रतिको धारणासँग सिधा सम्बन्ध हुन्छ, किनकि यो तपाईंको निजी आदर्श र निजी छविसँग जोडिएको हुन्छ।

खास खालका मानिस यस्तै पुरुष या महिलाको सम्मान प्राप्त गर्ने प्रयास गर्छन् जो चरित्र र उपलब्धिको रूपमा धेरै सशक्त होस्। उसको समर्पित प्रयास, चाहे उ अवचेतन हालतमा होस, यही हुन्छ। उसको व्यवहार र जिउने दंग त्यस्तो होस, जस्तो उसको आदर्श हुन्छ। जिन्दगीको समयमा, तपाईंको महत्त्वपूर्ण फैसला मध्ये एउटा कुरा के हुन्छ भने तपाईंले निश्चय गर्नुस कि ती को मानिस हुन जसबाट सम्मान पाउनु तपाईंको लागि सबैभन्दा महत्त्वपूर्ण छ। एक पटक जब तपाई निश्चित गर्नु हुन्छ, ती को मानिस हुन् जसबाट तपाईं सम्मान पाउन चाहनु हुन्छ, फेरी तपाईं आफ्नो जिन्दगीलाई यसरी व्यवस्थित गर्न सक्नुहुन्छ, उसले तपाईंलाई निरन्तर सम्मान दिइरहोस्, चाहे यसलाई तपाईंको हर कदमको जानकारी होस् या नहोस्।

जिम्मेवारी स्वीकार गर्नुस्

हर खालको रिसबाट छुटकारा पाउनको लागि सबैभन्दा राम्रो तरिका हो, जिम्मेदारी स्वीकार गर्नु। जब तपाईं कुनै घटनाको जिम्मेदारी स्वीकार गर्नु हुन्छ, तब रिसको हावा नै निस्कन्छ। रिसलाई हुर्कनको लागि लाग्ने खालको सारा ऊर्जाको आपूर्ति एकाएक बन्द हुन्छ। जस्तो तपाईंहरु भन्नुहुन्छ, यसको लागि म जिम्मेदार छु। रिसको बवाल शान्त हुन्छ। प्रतिस्थापनको नियम र यो वास्तविकताको कारणलाई दिमाग एकै समयमा एउटै विचार राख्न सक्छ, तपाईं कुनै कुराको जिम्मेदारी स्वीकार गर्ने र त्यो कुराको लागि रिसलाई एक साथ गर्न सक्नु हुन्न। तपाईंको सारा रिसको जड, दोषारोपणको सोच जिम्मेदारी स्वीकार गर्नाको कारण सकिन्छ।

माफ गर्ने शक्ति

कुनै पनि मानिसको मनमा अरूप्रति रिस, असन्तोष, भय, शंका शत्रुता, ईर्ष्या जस्ता नकारात्मक भावना यस कारणले आउँछ कि हामीले यस्ता मानिसलाई माफ गर्ने शक्ति गुमाएका छौं, जसले हाम्रो रायमा हामीलाई कुनै न कुनै प्रकारले नोक्सान पुर्‍याएका छन्। बाल्यकालमा ठूलो हुने क्रममा, हामी एक यस्तो समयमा हुन्छौं, जब न्याय हाम्रो लागि धेरै महत्त्वपूर्ण हुन्छ। हामी न्यायपूर्ण बिचारमा अड्किन्छौं। हामी जिन्दगीमा यस्तो हर परिस्थितिमा विचलित हुन्छौं, जुन हाम्रो सोच अनुसार न्यायपूर्ण र कसैको लागि पनि न्याय संगत छैन। खास गरी तब जब कुरा हाम्रो हुन्छ। जब हामी देख्छौं, हाम्रो या अरू कसैसँग अन्यायपूर्ण व्यवहार भएको छ, कारण चाहे जे सुकैहोस् यसलाई आफू माथिको हमला झैँ लिनुपर्छ। हाम्रो कमजोर आत्म सम्मानलाई ठेस पुर्‍याउँछ। हामी रिस र असन्तोषले भरिएको प्रतिक्रिया दिन्छौं। वयस्क हुने प्रक्रियामा हाम्रो लागि यो सामान्य तरिका हो।

हुन त, केही मानिसको सोच यो उमेरमा रोकिन्छ र यो भन्दा अगाडि बढ्न सक्दैनन्। यदि हामीलाई बाल्यकाल देखि नै आफ्नो गुनासोको महत्त्व बुझाइएन भने जब हामी वयस्क हुनेछौं, हामीसँग बिर्सन नसक्ने खालको अनुभवको थुप्रो हुनेछ। यदि हामीले ध्यान दिएनौं भने हामी यस्ता मानिसप्रति आफ्नो रिसको वरिपरि आफ्नो जीवनलाई अगाडि बढाउने छौं, जो हाम्रो नजरमा कुनै कुराको लागि दोषी हुन या हामी जसलाई मन पराउँदैनौं। कयौं मनोचिकित्सक र मनोवैज्ञानिकको त पुरा क्यारियर नै मानिसलाई बितेको समय र कटु स्मृति र वर्तमानको अनुभवबाट बाहिर निकाल्नमा र त्यसको सामना गराउनमा बित्छ।

यदि तपाई एक शक्तिशाली र सधैँको लागि निश्चित गरिदिने खालको अनुभव चाहनु हुन्छ भने हर त्यो मानिसलाई माफ गरिदिनु होस्, जसले कुनै तरिकाले तपाईंको नोक्सान पुर्‍याइएको होस्। आफ्नो दिमागमा कैद अरू मानिसलाई माफीको माध्यमले स्वतन्त्र बनाएर आफूलाई स्वतन्त्र बनाउन सक्नु हुन्छ। यही कारण हो कि अधिकांश धर्ममा क्षमालाई नै मानसिक शान्ति र धर्तीमा स्वर्ग जस्तो आनन्द तिर र पहिलो कदम बनाइएको छ। सोच्नुहोस् त तपाईंलाई कस्तो लाग्ने छ यदि तपाईंको मनमा दुनियाँमा कसैको लागि कुनै रिस छैन। कल्पना गर्नुहोस्, तपाईं पूर्णरूपमा सकारात्मक, आशावादी, उल्लासित यस्तो मानिस हो, जसको आफूप्रति धारणा र उत्साहको स्तर उच्च छ र जसको आत्म विश्वासको कुनै पनि सीमा छैन। एक यस्तो जोश, मित्रता, चाहन लायक मानिसको रूपमा आफ्नो कल्पना गर्नुहोस्, जो आराम र आत्मिक शान्तिले भरपुर होस्। यो सब तब सम्भव छ, जब मानिसलाई माफ गर्नु तपाईंको बानी बन्छ। यसको विपरीत, कसैलाई माफ गर्न अस्वीकार गर्नु या त्यसमा असफल हुनु असलमा नकारात्मकता, रिस, तनाव, बेचैनी, मानसिक र शारीरिक अस्वास्थ्यको जड हो र सबैभन्दा धेरै अप्रसन्नता पनि दिन्छ। कसैलाई माफ नगरेर तपाईं आफूलाई कैदमा राख्नु हुन्छ। माफीले तपाईंलाई एकाएक स्वतन्त्र बनाइदिन्छ। सधैँ विकल्प तपाईंले नै रोज्नु पर्नै छ। यसको दोस्रो व्यक्ति या परिस्थितिसँग कुनै लेन देन हुनहुँदैन।

आफ्नो भावनालाई नियन्त्रित गर्नुस्

नकारात्मक भावना हटाउनको लागि सबैभन्दा पहिला तपाईंले आफ्नो बिचार र काममा नियन्त्रण गर्नुपर्छ। आफैलाई कसरी अनुशासित गर्नुपर्छ भने जब तपाईंभित्र कुनै नकारात्मक भावना आउँछ भने तपाईंले त्यो व्यक्त नगर्नुहोस्। शुरुवातमा तपाईंको लागि कुनै हताश या आशामा असफलतामा नकारात्मक भावनाको प्रदर्शन रोक्न मुस्किल हुनेछ, तर तपाई यसलाई आफैसँग या अरू कसैसँग भन्नबाट रोक्न सक्नु हुन्छ। तपाईं यसो भनेर तत्काल कुरा टुंग्याउन सक्नुहुन्छ, ‘यसको लागि म जिम्मेदार छु।’

तपाईंले यस्ता मानिस पनि भेट्नु हुनेछ, जसले यसो भन्नेछन्, रिस, आहत हुने, भय या शंकाको नकारात्मक भावनाको अभिव्यक्ति राम्रो हुन्छ। तर साँचो कुरा यही हो, तपाईं जुन कुरा दोहोर्‍याउनु हुन्छ या जसको बारेमा हर समय कुरा गर्नु हुन्छ, त्यही कुरा तपाईंको दिमागमा बस्छ। सानो नकारात्मक अनुभव एक झिल्को झैँ हुन्छ, जसलाई त्यसको बारेमा लगातार सोचेर या कुरा गरेर ठूलो आगोमा बदल्न सकिन्छ। यसको साटो, यसलाई यसो भनेर त्यसैबेला निभाई दिनुपर्छ, म जिम्मेदार छु। त्यसपछि ती कारणको खोजी गर्नुहोस् जसले तपाईंलाई जिम्मेदार ठहर्‍याउँछ। तपाईंले त्यो सदैव पाउनु हुनेछ।

साँचो भगवानको आगमन हुनेछ

एक अंग्रेज कविले भनेका छन्, ‘जब झुटे भगवान्को मा जान्छ तब साँचो भगवानको आगमन हुन्छ।’ जब तपाईं नकारात्मक घटना र त्यसबाट उब्जेका भावनाको बारेमा सोच्न, बोल्न र दोहोर्‍याउन बन्द गरिदिनु हुन्छ, तब सकारात्मक सोचको असली भगवान, तपाईंको दिलो दिमागमा भरिने छ। जब तपाईं आफूलाई रिस उठाउने खालको विचार, मत, पूर्वाग्रह र व्यवहारलाई जान दिनुहुन्छ, जब तपाईंको यस्तो विचार र भवानसँग साक्षात्कार हुनेछ, जसले तपाईंलाई र तपाईंको जिन्दगीलाई खुसी बनाई दिनेछ। तपाईं दुनियाँको सामु ज्ञानी र असल मानिस भनेर चिनिनु हुनेछ।

प्रकृति तपाईंको साथमा छ। प्रकृति चाहन्छ, तपाईं प्रसन्न स्वास्थ्य, सम्पन्न र खुशी रहनुहोस्। खुसी, सामञ्जस्य, प्रेम र मानिसले पाउने सबैभन्दा ठूलो आर्शिवाद मानसिक आराम पनि तपाईंको भाग्यमा लेखिएको छ। जसरी एक जायरास्कोप धक्का दिएपछि फेरी एक पटक सन्तुलनमा आएर सिधा उभिन्छ, ठिक त्यसैगरी, जब तपाईं आफूलाई विचलित गरिदिने खालको कुरा गर्न र भन्न बन्द गर्नुहुन्छ, जिन्दगी र भावनात्मक स्तरमा तपाईंले मानसिक शान्ति पाउनु हुन्छ।

अहिल्यै यसै समय आफ्नो नकारात्मक भावना समाप्त गर्ने फैसला गर्नुस। यही क्षण संकल्प गर्नुस् कि अब तपाईं आफ्नो जिन्दगीको हर पलमा सकारात्मक, आशावादी, प्रसन्न, उत्साहित व्यक्ति रहनु हुनेछ। आफ्नो बारेमा र आफ्नो लुकेको सम्भावनाको बारेमा आफ्नो सोच बदल्नुस् तब मात्र तपाईंले आफ्नो जिन्दगी बदल्नु हुनेछ। आजै संकल्प लिनुस्, तपाईं एक खुशी मानिस बन्नु हुनेछ। अब आफैसँग सोध्नुस्, ‘मेरो जिन्दगीमा के छ जसले मलाई अप्रसन्न गरिदिन्छ या फेरी तनावग्रस्त ?’ तपाईंको जवाफ चाहे जेसुकै होस्, यसको सामना गर्ने फैसला गर्नुहोस्। हामी विश्वस्त छौं, सकारात्मक चिन्तनले तपाईंलाई अवश्य पनि महान् र असल बनाउने छ। संसार देखेर तपाईं प्रफुल्लित हुनु हुनेछ। आफ्नो जीवन तपाईंलाई अमूल्य लाग्ने छ। विश्व नै तपाईंप्रति सकारात्मक हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्