लन्डन। एक इन्जिनियरको आफ्नो मालिककी श्रीमतीसँग अफेयर चलेको थियो। तरपछि मालिकले थाहापाएपछि नि इन्जिनियर कामबाट निकालिए। आफूलाई कामबाट निकालिएपछि ती इन्जिनियरले अदालतमा मुद्दा हाले। तरपछि अदालतले पनि इन्जिनियरले गरेको काम गलत हो भनेर प्रष्ट पार्यो। अदालतले इन्जिनियरको निवेदन खारेज गरेको छ, जसमा उनले कम्पनीको निर्णयमाथि प्रश्न उठाएका थिए।
‘डेली मेल’ को रिपोर्ट अनुसार इन्जिनियर एन्थोनी स्मिथ योर्कशायरमा रहेको स्पेशलिस्ट ड्रेनेज फर्मसँग आबद्ध थिए। आफ्नो मालिक रोबर्टकी श्रीमती लिन्डसे जर्जसँग शारीरिक सम्बन्ध गरेको खुलासा भएपछि उनलाई जागिरबाट हटाइयो। तर, स्मिथले यो निर्णयलाई अदालतसम्म पुर्याएका छन्। स्मिथको तर्क छ, ‘आफूले जे गरे कम्पनी बाहिर गरे। यो मेरोको व्यक्तिगत जीवन हो। यसले कम्पनीको कामलाई असर नगरेकोले मलाई बर्खास्त गर्नु अनुचित हो।’
तर, मालिककी श्रीमतीले भने उल्टो तर्क दिएकी छन्। उनले एन्थोनि स्मिथसँग आफूले शारीरिक सम्बन्ध गरेको स्वीकार गरेकी छन्। साथै, उनले स्मिथको अफिस टाइम र अफिसको गाडीमा पटक पटक यौन सम्पर्क गरेको पनि बताइन्। लिन्डसेले पनि कम्पनीमा निर्देशकको रूपमा काम गर्थिन् तर, यो कुरा बाहिर आएपछि उनले राजीनामा दिएकी थिइन्।
एन्थोनी स्मिथ विगत ११ वर्षदेखि ‘फूल सर्कल इरिगेशन’ नामक कम्पनीसँग आवद्ध थिए। उनीमाथि मालिककी श्रीमतीको नग्न तस्बिर अन्य सहकर्मीलाई शेयर गरेको आरोप पनि लागेको छ। यस बाहेक स्मिथमाथि मालिकसँग दुर्व्यवहार गरेको आरोप पनि लागेको छ। तर, यति हुँदाहुँदै पनि उनले कम्पनीको निर्णयलाई अदालतमा चुनौती दिए। इन्जिनियरलाई अदालतबाट जागिर फिर्ता हुन्छ भन्ने आशा थियो तर, त्यसो भएन। अदालतले अनुचित खारेजीको कुरा प्रमाणित नभएको ठहर गरेको छ।