‘ए’ डिभिजन लिग : आज यी चार टिमबीच प्रतिस्पर्धा हुँदै

A-division-lig-1
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । शहीद ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हँदैछ।

यी दुई टिमबीचको खल दिउँसो १ बजेदेखि सुरु हुनेछ। संकटा १५ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ भने जावलाखेल १२ खेलमा १३ अंक जोडेर तालिकाको दशौँ स्थानमा रहेको छ।

त्यस्तै, आज हुने दोस्रो खेलअन्तर्गत थ्री स्टार क्लब र ब्रिगेड ब्वाइजबीच भिडन्त हुँदैछ। थ्री स्टार क्लब र ब्रिगेड ब्वाइजबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।

थ्री स्टार १२ खेलमा १८ अंक जोडेर तालिकाको छैटौं स्थानमा र रेलिगेसनमा परिसकेको ब्रिगेड ७ अंकका साथ १३औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्