मिस ग्ल्याम वर्ल्ड २०२२ को प्रतिस्पर्धामा श्रेष्ठ

Irina Shrestha
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ। गत बुधबार विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन इराद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत् नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षीया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने जानकारी दिइएको हो।

सोही कार्यक्रममा श्रेष्ठलाई आमा इन्दिरा श्रेष्ठ र बुवा जयन्द्र श्रेष्ठले ताज पहिराइदिएका थिए।

विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ।

हाल स्नातक तहमा अध्ययनरत तथा विगत केही वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन शोहरूमा सहभागिता जनाइसकेकी छिन् भने विभिन्न ब्राण्डका लागि काम पनि गरिसकेकी छिन्।

मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ यस मिस ग्ल्याम वल्र्ड २०२२ लाई लिएर निकै उत्साहित छिन्। मिस ग्ल्याम वल्र्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने बाचा गरिन्। मिस ग्ल्याम वल्र्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने श्रेष्ठले बाचा गरिन्।

मिस ग्ल्याम वल्र्ड २०२२ एक अन्र्तराष्ट्रिय प्रतियोगिता मात्र नभै नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेशन ईराका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताए । मिस ग्ल्याम वल्र्ड २०२२ यही आउँदो अगष्ट १९ देखि अगष्ट २८ सम्म भारतको कोचिन, केरलामा हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्