रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको तयारी

लोकपाटी न्यूज

पोखरा । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र प्रसाद अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ। अधिकारीको नाममा स्थापना भएको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा  सो कुराको जानकारी दिइएको हो।

उक्त प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रीय सदस्य ,प्रतिनिधि सभा सदस्य एवम् स्वर्गीय अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अधिकारीले उनले  विभिन्न क्षेत्रमा पुर्‍याउनु भएको योगदानलाई आम जनतासम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विकास र पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन्।

उनले पुरस्कार यस वर्षबाट २५ लाखको अक्षय कोष स्थापना गरी सुरूवात  गरिने बताउँदै अधिकारीको जन्म दिन वैशाख २२ को अवसर पारेर उक्त पुरस्कार प्रदान गरिने बताइन्। प्रतिष्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी तिर्दिबसिए रूपमा मनाउन लागिएको बताए।

जसअनुसार फागुन चौध गते दिउँसो ४ बजे  रवीन्द्र अधिकारी र मिडिया विषयमा अन्तरक्रिया कार्यक्रम फागुन पन्ध्र गते बिहान आठ बजे  सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारीको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली  कार्यक्रम र सोही दिन पोखरा उद्योग वाणिज्य सङ्घको हलमा बिहान एघार बजे रवीन्द्र स्मृति दिवस समारोह फागुन सोह्र गते बिहान ११ बजे  पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीति ,विकास र रवीन्द्र अधिकारी विषयमा परिसंवाद कार्यक्रम आयोजना  गरिएको आचार्यले जानकारी दिए।

कार्यक्रममा  प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री, विनोद प्रतीक,अग्रज पत्रकार पुण्य पौडेल, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका सञ्चारकर्मीहरूले रवीन्द्र  अधिकारीले सञ्चार लगायत  विविध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्