अमेरिकामा कोभिडबाट अधिकांश बालबालिका ग्रसित

लोकपाटी न्यूज

वासिङ्टन। यएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट सङ्क्रमित भएको देखाएको छ।

सङ्क्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट CDC को अनुमान अनुसार १४० मिलियनभन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।

उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको छ।

बालबालिका र वयस्कहरूमा सङ्क्रमण दर धेरै उच्च रहेको र ११ वर्ष सम्मका बालबालिकाहरु मध्ये ५८ प्रतिशतमा प्राकृतिक सङ्क्रमण को एन्टिबडी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्