वानडे विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित

लोकपाटी न्यूज

काठमाडौं। न्यूजिल्याण्डमा जारी आइसिसी महिला एकदिवसीय विश्वकपअन्तर्गत अस्ट्रेलिया पाकिस्तानविरुद्ध ७ विकेटले विजयी भएको छ। पाकिस्तानले दिएको १ सय १९ रनको लक्ष्य अष्ट्रेलियाले ३४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

उसका लागि एलिस हेलीले अर्धशतकीय पारी खेलिन्। उनले ७९ बलमा ७ चौकाको मद्दतमा ७२ रन बनाइन्। त्यस्तै, कप्तान मेग लेनिङ्गले ३५, राचेल हाइनेसले ३४, एलिस पेरीले अविजित २६ र बेथ मोनीले नटआउट २३ रनको योगदान दिइन्।

पाकिस्तानका बलिङमा ओमाइमा सोहेलले २ र नशरा सन्धुले १ विकेट हात पारिन्। त्यसअघि, टस हारेर ब्याटङको मौका पाएको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनायो।

उसका लागि कप्तान बिस्माह मारुफले अविजित ७८ रनको योगदान दिइन्। त्यस्तै, आलिया रियाजले ५३, फातिमा सानाले १४ र ओमाइमा सोहेलले १२ रन बनाइन्।

अस्ट्रेलियाका लागि बलिङमा एलना किंगले २, मेगन स्कट, एलिस पेरी, अमान्डा वेलिंग्टन र निकोला केरीले १/१ विकेट हात पारिन्। आजको जितसँगै अस्ट्रेलियाले २ खेलमा ४ अंक जोड्दा दुवै खेल गुमाएको पाकिस्तान भने अंकविहीन छ।

अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्यान्डलाई १२ रनले पराजित गर्दा पाकिस्तानले भारतसँग १०७ रनको हार बेहोरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्