रमेश भुसाल, सुनवल । ज्यामिरे सामुदायिक बन उपभोक्ता समूहको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। ज्यामिरे सामुदायिक बनका अध्यक्ष टिचन गुरुङको अध्यक्षताका साथै सुनवल नगरपालिका वाड नम्बर ७ का वडाध्यक्ष वसन्त दाहाल को प्रमुख आतिथ्य मा साधारणसभा सम्पन्न भएको हो।
साधारण सभाका प्रमुख अतिथि वडाध्यक्ष दाहालले सामुदायिक बनले समग्र समुदायको विकासलाई नै महत्त्व राख्ने बताउँदै बन संरक्षणमा जोड दिनुपर्ने बताए। साथै सामुदायिक विकासको अग्रणी भूमिका रहेको बनमा कुनै पनि किसिमको पूर्वाग्रह हुन नहुने बताउँदै वन र पालिकाहरूबिच समन्वय हुनुपर्ने बताए।
त्यस्तै, विशेष अतिथिको रूपमा सामुदायिक बन उपभोक्ता महासंघ पश्चिम नवलपरासीकाका अध्यक्ष कमल परियार जिल्ला महासङ उपाध्यक्ष तथा सुनवल नगर अध्यक्ष दिलीप चापागाईँ, समाजसेवी थान प्रसाद गैरे, अधिबत्ता बाबुराम खड्का, सब डिभिजन बनकर्यालय सुनवल रमवापुरका प्रमुख जितेन्द्र सिंह खड्का लगायतले शुभकामना मनतब्य राखेका थिए।
त्यस्तै, साधारणसभा तथा ज्यामिरे सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष टिचन गुरुङले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै राज्यको नितिनियम अनुसार बनलाई अगाडि बढाएको बताए। साथै काठ दाउरा निकासी बन्द भएको अवस्थामा बनले गर्नु पर्ने विभिन्न क्रियाकलापहरू गर्न नसकेको, उपभोक्तालाई काठ दाउरा उपलब्ध गराउन नसकिएकोले बन समूहमा आर्थिक ब्याभार बढ्न गएको र बन उपभोक्ता समूह कठिनाइमा पर्न गएको बताए।
४ सय ८३ हेक्टरमा फैलिएको ज्यामिरे सामुदायिक बनमा १ हजार १ सय ८७ घरधुरी र ५ हजार ६ सय ३९ लाभान्वित जनसङ्ख्या रहेको छ। बनले आर्थिक वर्ष २०७७ देखि २०७८ मसान्तसम्म ६७ लाख २ हजार ३ सय ९२ को आयब्याय प्रस्तुत गरेकाे थियो। साधारणसभा मा स्वागत मनतब्य समूहका उपाध्यक्ष ओम प्रकाश चौधरी र सञ्चालन लेखा समिति समायोजक बलिराम देवकोटाले गरेका थिए।