काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली आईसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतका खेलको लागि यूएई प्रस्थान भएको छ।
श्रीलंकामा एक साता भन्दा बढी तयारी र अभ्यास खेलपछि नेपाली राष्ट्रिय क्रिकेट टोली यूएई प्रस्थान गरेको हो।
विश्वकप लिग२ अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको सिरिज चैत १ देखि ८ गतेसम्म हुनेछ। नेपालले पहिलो खेल चैत २ गते पपुवा न्युगिनीविरुद्ध खेल्दछ।