भारतलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

लोकपाटी न्यूज

काठमाडौं। अस्ट्रेलिया न्यूजिल्याण्डमा जारी आइसिसी एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश भएको छ। शनिबार भएको खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा पुगेको हो।

भारतले दिएको २ सय ७८ रनको लक्ष्य अस्ट्रेलियाले ४९.३ ओभरमा ४ विकेट गुमाएर भेटायो। अस्ट्रेलियाको जितमा मेग लानिङले सर्वाधिक ९७ रनको योगदान दिइन् । त्यस्तै, एलिसा हेएलीले ७२, राहेल हेन्स ४३, एलिसे पेरीले २८ र बेथ मोनीले अविजित ३० रनको योगदान दिइन्।

भारतका लागि बलिङमा पूजा वस्त्रकरले २, मेघना सिंह र स्नेहा रानाले १/१ विकेट हात हात पारिन्। त्यसअघि, टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७७ रन बनायो।

भारतका लागि कप्तान मिताली राजले सर्वाधिक ६८ रनको योगदान दिइन्। त्यस्तै, हरमनप्रीत कउरले अविजित ५७, यास्तिका भाटियाले ५९ र पूजा वस्त्रकरले ३४ रन बनाइन्। अस्ट्रेलियाका लागि बलिङमा डार्सी ब्राउनले ३, अलाना किङले २ र जेस जोनासन १ विकेट लिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्