मुख्यमन्त्री कप भलिबलको ट्रफी सार्वजनिक

लोकपाटी न्यूज
0 Shares

धनगढी। कैलालीको धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो।

परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागिय टोली त्रिभुवन आर्मीबीच हुनेछ। सिंहले प्रतियोगिताको तयारी पनि पूरा भएको बताए। प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने छ।

प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपियाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपियाँ प्रदान गरिनेछ।

यसैगरी उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपियाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’ लाई १५ सय रुपियाँ प्रदान गरिने बताईएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्