एन पी घायलको ‘असली जनार्दन’ (कविता)

Nirmal poudel
लोकपाटी न्यूज

बोल्न नसक्ने,
लेख्न नसक्ने
बहिरो
दृष्टिविहिन र शारीरिक अपांगता भएको जस्तै
तिम्रो विचार, सिद्धान्त र दृष्टीमा
म र मेराहरुलाई राखेर
सदियौँदेखी लगातार
स्वस्तिक औंठाछापको हरण गरि मालिक बन्नेहरुले
यस्पालीको चुनावमा
राम्रोसङ्ग देख्नेछौ एक भोटले के गर्दो रहेछ।

महोदय,
बुझ्नेछौ
आभाष गर्नेछौ
देखाइएका र देखेका अधुरा सपनाहरुले कति पोल्दो रहेछरु
थाह पाउने छौ
एक मत कति अनमोल हुन्छ

त्यही अनमोल मतले
देश र निर्दोष जनता लाई नै बजार भाउ लगाएर
बेच्नेहरु
विलासितामा
आँफू
जनार्दनको पगरी गुथ्नेले
आभाष गर्नेछौ तिम्रो केन्द्र र दुरदराजका असली जनार्दन को रहेछ।
एन पी घायल पर्वत ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्