नेपाललाई विशाल लक्ष्य दिन चुक्यो यूएई

लोकपाटी न्यूज

काठमाडौं। आईसिसी विश्वकप लिग-२ अन्तर्गत प्रतियोगितको तेस्रो खेलमा नेपालले २ सय ३ रनको लक्ष्य पाएको छ। टस हारेर ब्याटिङको मौका पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २ रन बनायो।

उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले। उनले ७३ बलमा दुई चौका र एक छक्काको मद्दतमा ६० रन बनाए। त्यस्तै, मुहम्मद वसीमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, बासिल हमिदले १७ र एलिसान सर्फुलले २१ रनको योगदान दिए।

नेपालका लागि बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, करण केसी-सोमपाल कामीले दुई/दुई, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी एक/एक विकेट लिए।

नेपालले आजको खेलमा युवा ओपनर आसिफ शेख, तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राखेको छ। विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सरार्फलाई प्लेइङ-११ मा मौका दिएको छ।

नेपालको प्लेइङ-११ः : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, विक्रम सोब, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्