एकदिवसीय र टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

लोकपाटी न्यूज

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा खेल्ने एकदिवसीय र टी-२० सिरिजको लागि छुट्टा-छुट्टै राष्ट्रिय टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले दुवै टिमको कप्तानमा सन्दीप लामिछानेलाई निरन्तरता दिएको छ। यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल दुवै टिम पर्न असफल भएका छन्।

नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। लगत्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच-२० सिरिज हुनेछ। दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ।

पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा (चैत ११ र १२ गते) एकदिवसीय खेल हुनेछ। यस्तै टी-२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ। २८ मार्चमा नेपाल पपुवा न्युगिनी भिड्नेछन्।

नेपालले चैतमा खेल्ने सिरिज

नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज- चैत ११ र १२ गते
नेपाल, मलेसिया र पपुव न्युगिनीबीचको टी-२० सिरिज- चैत १४ देखि २१ गतेसम्म

वानडे र टी-२० सिरिजका लागि घोषणा गरिएको नेपाली टिम

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्