आगलागी हुँदा ११ मजदुरको मृत्यु

aago pic
लोकपाटी न्यूज

काठमाडौं। भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै कवाडीको एउटा गोदाममा आगलागी हुँदा ११ मजदुरको मृत्यु भएको छ। मृत्यु हुने सबै फरकफरक राज्यका रहेको बताइएको छ।

स्थानीयका अनुसार अबेर रातीको आगलागीका बेला गोदाममा १२ मजदुर थिए। यीमध्ये एक मजदुर सुरक्षित बाँच्न सफल भएका थिए।

भारतको प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो घटनाले गहिरो चोट पुर्याएको र मारिएका व्यक्तिको परिवारप्रति समवेदना भएको जानकारी दिएको छ।

तस्तै, प्रधानमन्त्री मोदीले मारिएकाहरुको परिवारलाई २ लाखको सहायता रकम दिने घोषणा गरेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्