सुदूरपश्चिम प्रदेशमा यस्तो छ एमालेको चुनावी प्रक्षेपण

KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा प्रदेश कमिटी अध्यक्षहरूले पार्टीको अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। त्यसक्रममा सुदूरपश्चिम प्रदेश कमिटीको तर्फबाट पनि रिपोर्टिङ गरिएको छ। सुदूरपश्चिम प्रदेशको तर्फबाट दामोदर भण्डारीले रिपोर्टिङ गरेका हुन्।

उनले आफूहरुको अवस्था २०७४ सालको भन्दा राम्रो रहेको बताएका छन्। बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार उनले गठबन्धनका कारण सो शक्ति पहिलो रहेको बताएका हुन्। ‘नेपाली कांग्रेस प्रमुख शक्ति हो। हाम्रो अवस्था पनि बलियो नै छ’, उनको भनाइ थियो।

उनले गठबन्धन नभएमा आफूहरुले ३८ पालिकाको नेतृत्व जित्ने बताएका थिए। ३० मा भने तीव्र प्रतिस्पर्धा हुने उनको भनाइ थियो। गठबन्धन भयो भने आफूहरुले २३ पालिकाको नेतृत्व जित्ने ४६ पालिकामा आफूहरु प्रतिस्पर्धी बन्ने उनको आँकडा छ। १९ वटा पालिकामा भने आफूहरुको अवस्था कमजोर रहेको उनको रिपोर्टिङ छ।

सुदूरपश्चिम प्रदेशमा १ उप-महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन्।