महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय समिति गठन

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल स्वास्थ्य प्राविधिक संघको २६ बुँदे घोषणा पत्र जारी गर्दै दशौँ महाधिवेशन सम्पन्न गरेको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सङ्घले गत चैत्र ७ र ८ गते सम्पन्न भएको महाधिवेशनले वसन्त श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो।

संघको महाधिवेशनले स्वास्थ्यकर्मीको नियुक्ति, पदस्थापन र बढुवा पारदर्शी र निष्पक्ष बनाउन र सरुवा प्रक्रियालाई चक्रीय प्रणालीमा आधारित बनाउन प्रस्ताव गरेको छ। विभिन्न समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न ट्रेड युनियन बिच भएको सम्झौता र सहमतिहरू अक्षरंस पालना गर्न पनि सरकारसँग सङ्घले आग्रह गरेको छ।

त्यस्तै, सङ्घले हाल विद्यमान सङ्गठन संरचना र दरबन्दीलाई वैज्ञानिक र यथार्थपरक बनाउन सङ्गठन तथा ब्यबस्थान सर्वे गरी समस्या समाधानको लागि पहल गर्न र संघ, प्रदेश र स्थानीय तहमा तह अनुसारको पद सृजना गरी पदस्थापना गर्न समेत माग गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै दशौँ महाधिवेशनबाट अध्यक्ष बनेका वसन्त कुमार श्रेष्ठले नेपाल स्वास्थ्य प्राविधिक संघको जन्म संघर्षमय भएको सुनाए। उनले नेपालमा चिकित्सक बाहेक अरू कसैले औषधी लेख्न नपाउने भन्ने सरकारको निर्णयविरुद्ध आफ्नो संस्थाको स्थापना भएको जिकिर गरे। पञ्चायत व्यवस्थामा पनि आफ्ना अंग्रजहरुले महत्त्वपूर्ण भूमिका खेलको स्मरण गर्दै धन्यवाद व्यक्त गरे।

उनले गत चैत्र ७ र ८ गते सङ्घले दसौँ अधिवेशन सम्पन्न गर्दै आफ्नो नेतृत्वमा ७५ जनाको सदस्यीय गठन भएको समेत जानकारी दिए। महाधिवेशनले जारी गरेको २६ बुँदे घोषणा पत्र पढेर सुनाएका थिए। अध्यक्ष श्रेष्ठले निजी अस्पताल, नर्सिङ होम, निजी स्वास्थ्य किल्नीकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरूको श्रम शोषण भई रहेको उल्लेख गर्दै उनीहरूको योग्यता अनुसार सेवा सुविधा उपलब्ध गराउन समेत माग गरे।

सुत्केरी स्वास्थ्यकर्मीलाई बच्चाको स्तनपान र उचित स्याहार तथा पालन पोषणको लागि कम्तीमा ६ महिना सुत्केरी बिदा पाउने व्यवस्था गर्न महाधिवेशनबाट जारी भएको घोषणा पत्रमा उल्लेख गरिएको पनि जानकारी दिए। स्वास्थ्य तथा स्वास्थ्यसँग सम्बन्धी नीति निर्माण कार्यमा संघको अनिवार्य सहभागिताको लागि जोड दिँदै उनले नीति निर्माण कार्यमा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरू सहभागिता हुनुपर्ने बताए।

कार्यक्रम सञ्चालक गर्दै संघका महासचिव श्यामकुमार ओलीले डाक्टरले बाहेक औषधी अरूले लेख्न नपाउने व्यवस्थाविरुद्ध संघको स्थापना भएको बताए। २०३६ सालमा स्थापना भएदेखि अहिलेसम्म निरन्तररुपमा क्रियाशील रहेको समेत स्पष्ट पारे । दसौँ महाधिवेशनबाट पारित गरिएको २६ बुँदे घोषणापत्र सार्वजनिक गर्न आजको कार्यक्रमको आयोजना गरेको उनको भनाई थियो।

स्वास्थ्य प्राविधिक शिक्षाको गुणस्तरीयता कायम राख्नको लागी सम्बन्धित परिषद्लाई सम्बन्धित क्याम्पसको स्वीकृति तथा रुद्ध गर्ने अधिकार प्रदान गर्ने व्यवस्था मिलाउन माग गर्ने समेत महाधिवेशनले प्रस्ताव गरेको सुनाए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्