‘आरआरआर’ले बनायो पहिलो दिनमै नयाँ रेकर्ड

लोकपाटी न्यूज

काठमाडौं। एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ हलमा रिलिज भइसकेको छ। योसँगै फिल्म ‘आरआरआर’ले पहिलो दिन हिन्दी र तेलुगुमा बक्स अफिसमा धमाका मच्चाएको छ।

फिल्म ‘आरआरआर’ले पहिलो दिन तेलुगुमा २३ करोडभन्दा बढी र हिन्दीमा २० करोड माथिको कमाइ गरेको छ। साथै फिल्म ‘आरआरआर’ तेलुगुमा पहिलो दिन २३ करोडभन्दा बढी कमाउने पहिलो फिल्म बनेको छ।

प्रारम्भिक प्रवृतिले चलचित्रले सोचेभन्दा झन्डै २५ प्रतिशत बढी कमाई गरेको जनाइएको छ। राजामौलीको फिल्म आरआरआरले पहिलो दिनमा नै अत्यधिक कमाई गरेपछि आन्ध्रा बक्स अफिसको रिपोर्टले बाहुबलीपछि आरआरआर पहिलो दिन २ सय करोडको आकलन जम्मा गर्ने फिल्म बन्न सफल भएको छ ।

‘आरआरआर’ को प्रतिक्रिया अत्यधिक सकारात्मक छ, र प्रारम्भिक प्रतिक्रियाहरूले सुझाव दिन्छ कि एसएस राजामौलीको जादु सिने दर्शकहरूमाझ फेरि क्लिक भएको छ। शुक्र बाह्रदेखि सप्ताहान्त सुरु हुने भएकाले शनिबार र आइतबार फिल्मले के गर्छ त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्