राजामौलिको आरआरआर अनलाइनमा लिक

rrr
लोकपाटी न्यूज

काठमाडौं। एसएस राजामौलिको बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ अनलाइनमा लिक भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार तमिल रकर्सले रिलीजको केही घन्टापछिनै फिल्मलाई लिक गरेको हो।

शुक्रबारदेखि विश्वभर रिलिज भएको फिल्मले कीर्तिमानी ओपनिङ गरेको थियो। एसएस राजामौलीको ‘आरआरआर’ यो वर्षकै बहुप्रतीक्षित फिल्ममध्ये एक हो। हिन्दी, तेलुगू, तमिल, कन्नड, मलयालमसहित फिल्म अन्तर्राष्ट्रिय भाषामा पनि रिलिज भएको छ।

फिल्मको अनलाइन लिक हुँदा बक्स अफिसमा असर पर्ने निर्माण पक्षले बताएको छ। दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो कलेक्सन गरिरहेको छ।

फिल्म ‘आरआरआर’मा जुनियर एन टी आर, राम चरण, अजय देवगन र आलिया भट्टको भूमिका रहेको छ। यो फिल्मलाई लिएर निर्माणपक्ष उत्साहित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्