काटमाठौं। पिप्ले युवा क्लब हेटौँडा र मच्छिन्द्र फुटबल क्लब आज छैटौँ सिजनको राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल खेल खेल्दै छन्। सर्लाहीको बागमती नगरपालिका-११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन पिप्ले र ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र खेल्न लागेका हुन्।
आइतबार दुवै टोली उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा छन्। प्रतियोगिता पहिला आयोजकको तर्फबाट आयोजित प्रि-म्याच कन्फ्रेन्समार्फत दुवै टोलीले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्। फाइनल खेलमा जित निकाल्दै डिफेन्डिङ च्याम्पियन पिप्ले उपाधि दोहोर्याउने दाउमा छ भने पिप्लेलाई पराजित गर्दै राजर्षि जनक कपमा नयाँ इतिहास रच्ने मच्छिन्द्रको तयारी छ।
फाइनल खेलका लागि पिप्लेले क्वाटरफाइनलमा हिमालयन शेर्पा र सेमिफाइनलमा आयोजक बागमती युवा क्लबलाई पराजित गरेको थियो। मच्छिन्द्रले क्वाटरफाइनलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र सेमिफाइनलमा सुदूरपश्चिम-११, धनगढीलाई पाखा लगायो। दुवै टोलीले प्रि-क्वाटरफाइनलको एक खेल वाई पाएका थिए।
राजर्षि जनक कपका विजेताले रनिङ सिल्डसहित १० लाख एक हजार, मेडल, प्रमाणपत्र र उपविजेताले पाँच लाख पाँच सय सिल्ड मेडल प्राप्त गर्नेछ। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई जनही २५२५ हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिकाभित्रका एक खेलाडीलाई बागमती राइजिङ अफ दि इयर प्लेयर्स घोषणा गर्दै एक थान मोटरसाइकल प्रदान गरिनेछ।