एन पी घायलका मुक्तकहरु

nirmal N-P ghayal
लोकपाटी न्यूज

हाँस्दा सङ्गै रुदा सङ्गै रुने भको भए।
आज एक्लो हुँदा सङ्गै हुने भको भए।।
जातिबित्ती आँसु पनि झर्ने थेन होला।
चिनो रुमाल धुदा सङ्गै धुने भको भए।।

केही गर्न सकिन बा माफ गर्नुहोस्।
आफैं मर्न सकिन बा माफ गर्नुहोस्।।
जन्मेर बाच्न पनि हजुरको खुसीमा।
किन पर्न सकिन बा माफ गर्नुहोस।।

घरी घरी बाच्नु पनी बेकार लाग्छ यार।
यो जवानी साँच्नु पनि बेकार लाग्छ यार।।
यत्रो भयो अझै केही गर्या छैन भन्छन।
सिन्काहरु भाच्नु पनि बेकार लाग्छ यार।।

बुझ्दिनौ र अझै पनि खै त बुझेको ?
मेरै त हो आफ्नै भनि खै त बुझेको ?
माया गर्छु भन्न पनि भनिराख्नु पर्छर ?
छन मया दिलमै छ नि खै त बुझेको ?

पुरानो हो भन्छौ माया कहाँ पुरानो हुन्छ ?
आफैसङ्ग हुन्छ छाँया कहाँ पुरानो हुन्छ ?
कस्तो कस्तो माया पनि छाँया जस्तै रैछ।
बसे मनको दायाँबायाँ कहाँ पुरानो हुन्छ ?

सजाएथे यो मुटुमा फूल सम्झेर।
बिर्सन नि सकिएन भूल सम्झेर।।
काँडा बन्यो हितैसी टाढा भैदियो।
आज आँसु पिउनुपर्यो मुल सम्झेर।।

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्