कुन विधामा कसले जिते अस्कर अवार्ड ? सूचीसहित

will_smith
लोकपाटी न्यूज

एजेन्सी। प्रतिष्ठित अस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४ औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएको छ। अस्करमा उत्कृष्ट अभिनेताको अवार्ड किङ रिचार्ड फिल्मका लागि विल स्मिथले जितेका छन्। टेनिस लेजेन्ड सेरेना विलियम्यको बुवाको उनको भूमिकाका लागि उक्त अवार्ड प्रदान गरिएको हो।

अमेरिकाको लस-एन्जल्सस्थित हलिउडमा आइतवार राति आयोजित अस्कर अवार्ड कार्यक्रममा स्मिथले सञ्चालकमाथि थप्पडसमेत मारेका थिए। सञ्चालक क्रिस रकले स्मिथको श्रीमतीको खौरिएको कपालबारे ठट्टा गरेपछि उक्त घटना भएको थियो। उक्त घटनालाई संसारभरका दर्शकहरुले लाइभ हेरेका छन्।

घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारहरु बनेका छन्। यद्यपि यो सच्चैको हो वा मञ्चन गरिएको थियो भन्नेबारे भने स्पष्ट हुन सकेको छैन। यद्यपि घटनाप्रति स्मिथले माफी मागेका छन्। उनले अस्कर एकेडेमी, उत्कृष्ट अभिनेतामा नोमिनीमा परेकाहरुसमक्ष माफी मागेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएको छ।

यसवर्षको उत्कृष्ट फिल्म कोडा घोषित भएको छ भने निर्देशक जेनी क्याम्पियन बनेका छन्। द पावर अफ द डगका लागि जेनी उत्कृष्ट निर्देशक घोषित भएका हुन्। उत्कृष्ट अभिनेत्री भने जेसिका चेस्टेइन भएकी छिन्। द आइज अफ ट्यामी फेइका लागि उनी उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन्।

यस्तो छ अस्कर विजेताको सूची:

अन्तराष्ट्रिय फिचर फिल्म – ड्राइभ माई कार
उत्कृष्ट फिल्म – कोडा
उत्कृष्ट निर्देशक – जेन क्याम्पियन (द पावर अफ द डग)
उत्कृष्ट अभिनेता – विल स्मिथ (किङ रिचार्ड)
उत्कृष्ट अभिनेत्री – जेसिका चास्टेन (द आइज अफ टेमी फेई)
उत्कृष्ट सहअभिनेता – ट्रोय कटसर (कोडा)
उत्कृष्ट सहअभिनेत्री – अरियाना डेबेस (वेस्ट साइड स्टोरी)
एनिमेटेड फिचर फिल्म – इन्कान्टो
सिनेम्याटोग्राफी – डुन (ग्रिग फ्रेसर)
कस्ट्युम डिजाइन – इन्कान्टो
डकुमेन्ट्री फिचर – समर अफ सोल
डकुमेन्ट्री सर्ट सब्जेक्ट – ‘द क्वीन अफ बास्केटबल’
मेकअप एण्ड हेयर स्टाइलिङ – द आइज अफ टेमी फेई
प्रोडक्सन डिजाइन – डुन
सर्ट फिल्म (एनिमेटेड) – द विन्डशिल्ड वाईपर
सर्ट फिल्म (लाइभ एक्सन) – लङ गुडबाई
ओरिजिनल सङ – नो टाइम टु डाइ
साउन्ड – डुन
भिजुअल इफेक्ट्स – डुन
फिल्म सम्पादन – डुन (जो वाकर)
ओरिजिनल स्क्रिनप्रले – बेल फास्ट (केनिथ ब्रनाघ)
एडप्टेड स्क्रिनप्ले – कोडा (सियान हेडर)
ओरिजिनल स्कोर – डुन (ह्यान्स जिमर)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्