चिन्ता नगर्नू, काँग्रेस गठबन्धनको विपक्षमा जाँदैन : देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब काँग्रेस गठबन्धनको पक्षमा रहेकोमा दुइमत नरहेको बताएका छन्। उनले कांग्रेस नेता कार्यकर्ताहरु गठबन्धनको विपक्षमा नजाने पनि बताए।

बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेकोले अब पाँचदलीय गठबन्धन अझै एकतावद्ध भएर अघि बढ्ने बताए। ‘हाम्रो पार्टीले अहिलेको गठबन्धनलाई सँगसँगै लिएर जाने निर्णय गरेको छ, गठबन्धन झन् एकतावद्ध भएर अघि बढ्छ,’ उनले भने, ‘यहाँ गठबन्धन के हुन्छ भन्ने पनि कुरा आयो, एकताबद्ध हुन्छ चिन्ता नलिनुस्।’

उनले गठबन्धनमा समस्या देखिए मिलाएर जाने पनि बताएका थिए। ‘कुनै अप्ठ्याराहरू आए भने पनि मिलाएर जान्छौं,’ उनले भने। आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरूसँगको एकतालाई थप बलियो बनाउने देउवाको भनाइ थियो। साथै देउवाले वैशाख ३० मा हुने स्थानीय चुनाव भयरहित वातावरणमा हुने बताए।

उनले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको पनि बताए। सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रहसमेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्