त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

cricket-nepal pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। सोमपाल कामीलाई आराम दिदै कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ। खेलमा मलेसिया गर या मरको स्थितिमा मैदान उत्रने छ भने नेपाल सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने दाउमा हुनेछ।

मलेसियाले आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। तर थप दुई खेलमा मलेसिया नेपालसँग ६ विकेट र पीएनजीसँग ८ विकेटले पराजित हुँदा तालिकाको पुछारमा छ।

मलेसिया र पीएनजीले समान १र१ खेल जितेपनि रनरेटको आधारमा पीएनजी अगाडी छ। तीन खेलमा तीन जित निकालेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्