पछिल्लो चौबिस घण्टामा थप २३ जनामा कोरोना पुष्टि

लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप २३ जनामा कोरोना संक्रण पुष्टि भएको छ। स्वास्थ्य जनासंख्या मन्त्रालयका अनुसार आइतबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज देशभर ६ हजार ९०९ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको छ। सोही अवधिमा थप ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाका मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना रहेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८ सय ९९ रन जना रहेको छ। उनीहरू होम तथा संस्थागत आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्