त्रिकोणात्मक फाइनल : पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। क्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेलमा नेपाल पहिला ब्याटिङ गर्ने भएको छ। टियू क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी)सँग टस हारेर नेपालले पहिला ब्याटिङ गर्ने मौका पाएको हो।

आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन्। नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो। नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो।

नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ। पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिनस्विप गरेको थियो।

पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो। पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो। ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो।

नेपालको प्लेइङ -११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर) , करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्