नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

covid-19_corona
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५०५९ जनामा गरिएको नमूना परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन।

मन्त्रालयका अनुसार अहिले देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा ६००७२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। अहिले निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्