इमरान खानले गरे कार्यवाहक प्रधानमन्त्रीका लागि पूर्व प्रधानन्यायाधीशको नाम सिफारिस

Imran_Khan
लोकपाटी न्यूज
0 Shares

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कार्यवाहक प्रधानमन्त्रीका लागि पाकिस्तानका पूर्व प्रधानन्यायाधीशको नाम राष्ट्रपति आरीफ अल्वीसमक्ष पठाएका छन्।

इमरान खान सरकारका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले पूर्व प्रधानन्यायाधीश गुलजार अहमदको नाम राष्ट्रपति अल्वीसमक्ष पठाइएको जानकारी दिएका हुन्।

पीटीआई (पाकिस्तान तहरीक इन्साफ) को कोर कमिटीको बैठकमा पूर्व प्रधानन्यायाधीशको नाम तय भएको उनले बताए।

यसअघि पाकिस्तानी राष्ट्रपति अल्वीले प्रधानमन्त्री खान र राष्ट्रिय सभाका विपक्षी नेता शाहबाज सरिफसँग कार्यवाहक प्रधानमन्त्रीका लागि सहमति भएको नाम मागेका थिए। रेडियो पाकिस्तानका अनुसार राष्ट्रपत अल्वीले खान र सरिफलाई पत्र लेखेका छन्।

राष्ट्रपति अल्वीले खान र सरिफसँगको परामर्शमा कार्यवाहक प्रधानमन्त्री नियुक्त गर्नेछन्। संसद् विघटन भएको तीन दिनभित्र प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच कुनै पनि नाममा सहमति नभए दुई जनाको नाम संसदीय समितिमा पठाउने समेत पत्रमा लेखिएको छ।

यस समितिमा सत्तापक्ष र प्रतिपक्षबाट समान संख्यामा आठ सदस्य रहनेछन्। यही समितिले कार्यवाहक प्रधानमन्त्रीको नाम तय गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्