काठमाण्डौं। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। नेपालले त्रिकोणात्मक टी-२० सिरिज जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन्।
नेपालले सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक सिरिज जितेको थियो। नेपालले उपाधि उचालेपछि मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरूलाई बधाई दिएका थिए।
मन्त्री अथकले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘त्रिदेशीय टी-२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हासिल गरेको छ। नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई।’