चर्च ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा

लोकपाटी न्यूज
10 Shares

काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत चर्च ब्वाइज युनाइटेड क्लब ‘ए’ डिभिजनमा लिगमा बढुवा भएको छ। मंगरबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा बाँसबारी क्लबलाई ५-१ को गोल अन्तराले पराजित गर्दै चर्च ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो।

चर्च ब्वाइजको जितमा साइमन लिम्बुले चार र आशिष चौधरीले एक गोल गरे। त्यस्तै, बाँसबारीका लागि सञ्जीव धिमालले एक गोल गरे। खेलको सातौं मिनेटमा साइमनको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो। खेलको १७ औँ मिनेटमा विवेक पौडेलको पासमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारेका थिए। ३७ औँ मिनेटमा साइमनले व्यक्तिगत टोलीका लागि तेस्रो गोल गरे।

त्यसको चार मिनेटपछि नै साइमनले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गर्दै चर्चा ब्वाइजलाई ४-० को अग्रता दिलाए। खेलको ५८ औँ मिनेटमा सञ्जीवले बाँसबारीका लागि एक गोल फर्काए। त्यस्तै, खेलको ८१ ओँ मिनेटमा साइमनले पेनाल्टीमार्फत व्यक्तिगत चौथो गोल गर्दै चर्च ब्वाइजलाई ५-१ को उत्कृष्ट जित दिलाए।

२०७५ सालमा ‘सी’ डिभिजन क्वालिफायरबाट ‘सी’ डिभिजनको हैसियत पाएको चर्च ब्वाइज पहिलो सिजनमै विजेताको रूपमा ‘बी’ डिभिजनमा उक्लिएको थियो। ‘बी’ डिभिजनमा उक्लिएको पहिलो वर्ष नै चर्च ब्वाइज एक खेल अगावै शीर्ष डिभिजनमा बढुवा भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्