‘बी’ डिभिजन लिग : श्री भगवतीविरुद्ध श्री कुमारी विजयी

लोकपाटी न्यूज
2 Shares

काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत श्री कुमारी क्लब विजयी भएको छ। एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा श्री भगवती क्लबमालाई ३-१ गोल अन्तराले पराजित गर्दै श्री कुमारी विजयी भएको हो।

खेलमा सुरुवाती अग्रता भने श्री भगवतीले लिएको थियो। खेलको चौंथो मिनेटमा अनुज भण्डारीले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए।

खेलको १७ औं मिनेटमा नीरबहादुर आलेले गोल गर्दै श्री कुमारीलाई १-१ गोलको बराबरीमा ल्याए। २१ औं मिनेटमा सृजन राज गौतमले गोल गर्दै श्री कुमारीलाई २-१ को अग्रता दिलाए ।

४४ औं मिनेटमा धीरज बस्नेतले गोल गर्दै श्री कुमारीलाई ३-१ को जित दिलाए। आजको जितसँगै श्री कुमारीले १२ खेलमा १६ अंक जोड्दा श्री भगवतीको समान खेलबाट १५ अंक छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्