भारतमा सङ्क्रमितको सङ्ख्या चार करोड तीस लाखबढी

corona world
लोकपाटी न्यूज
8 Shares

नयाँ दिल्ली। भारतमा बिहीबार कोभिड-१९ सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ। तीमध्ये पछिल्लो २४ घण्टामा देशभर १३ सय तीन नयाँ घटनाहरू दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको सङ्ख्या पाँच लाख २१ हजार ५३० पुगेको छ।

पछिल्लो २४ घण्टामा २३२ सक्रिय सङ्क्रमितमा कमि आएपछि हाल भारत ११ हजार ६३९ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएको छ। यो विवरण सङ्क्रिय सङ्क्रमितहरुको सङ्ख्या लगातार घट्दै गएको ७२ औं दिनको हो।

हालसम्म चार करोड २४ लाख ९८ हजार ७८९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये एक हजार २२२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्र भएको अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्